Below Menu
Below Menu

स्वाभिमान लघुवित्तको नाफा ४६.४७ प्रतिशतले घट्यो

स्वाभिमान लघुवित्तको नाफा ४६.४७ प्रतिशतले घट्यो

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.४७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड तीन लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको  हो । उक्त वित्तीय विवरण अनुसार कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो ।

गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी २६.१६ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी १४.७४ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन नाफा ३०.३४ प्रतिशतले घटेको छ ।

कम्पनीको नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा २२ रुपैयाँ ६२ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा १४ रुपैयाँ ७९ पैसारमा पैसामा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर १.११ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ । 
 

Advertisment

थप समाचार