Below Menu
Below Menu

सबै सूचक नकारात्मक रहँदा सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो

सबै सूचक नकारात्मक रहँदा सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा ४ लाख एक हजार रुपैयाँ नाफा कमाएको छ । 
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.६७ प्रतिशतले कम हो ।

अघिल्लो आवमा कम्पनीले ३ करोड एक लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको  हो ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो ।
गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी  २०.३ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी २२.८३ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन नाफा २ करोड ६१ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

कम्पनीको नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा २२ रुपैयाँ ८२ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा शुन्य दशमलव २८ पैसामा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ५.०६ प्रतिशतबाट बढेर ९.०५ प्रतिशत पुगेको छ । 
 

Advertisment

थप समाचार