काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप तीन कम्पनीलाई नयाँ ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गरेको छ । साउन २४ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार सिमित कार्य गर्नका लागि उक्त कम्पनीहरुलाई आशयपत्र प्रदान गरिएको हो ।
पछिल्लो समय आशयपत्र प्राप्त गर्ने कम्पनीहरूमा जेबिएनएल सेक्युरिटिज बानेश्वर काठमाडौं, आरविवि सेक्युरिटिज कम्पनी दरबारमार्ग र सि.वि.आई एल सेक्युरिटिल लिमिटेड कुपण्डोल रहेको छ ।
Advertisment