काठमाडौं : कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । कुमारी क्यापिटलका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। कुमारी इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले कर सहित ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। उक्त योजनाहरुको कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ।
Advertisment