Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट 

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार