काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा १२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.४४ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको हो ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको इम्पेरिमेन्ट चार्ज र निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो । गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ७.२६ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ३५.८९ प्रतिशतले घटेको छ ।
उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा एक करोड ६७ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज बढेर ८ करोड ४५ लाखमा पुगेको छ ।
कम्पनीको नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ४३ रुपैयाँ ५१ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा २० रुपैयाँ ८१ पैसामा झरेको छ । । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ४.३० प्रतिशत पुगेको छ ।
Advertisment