Below Menu
Below Menu

२५.४४ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोको नाफा

२५.४४ प्रतिशतले घट्यो सानिमा माई हाइड्रोको नाफा

काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीकाे नाफा २५.४४ प्रतिशतले घटेकाे छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४% ले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएकाे छ । अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

नाफा घट्नुकाे मुख्य कारण विद्युत बिक्रीबाट हुने आम्दानी कमी हुनु र सञ्चालन खर्च बढ्नु रहेकाे छ । गत वर्ष कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेकाे कम्पनीकाे रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । कम्पनीकाे अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ छ ।

कम्पनीकाे प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ छ । सम्पतिमा प्रतिफल (आरओए) अघिल्लो वर्षको ९.५१% बाट घटेर अहिले ५.५३% मा सीमित भएकाे छ ।

Advertisment

थप समाचार