Below Menu
Below Menu

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज  फर्स्ट  म्युचुअल फण्डको प्रतिफल घोषणा

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत क्यापिटलले जनाएको छ । विगत ३ वर्षमा सनराइज  फर्स्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको  समेत कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार