Below Menu
Below Menu

साझा भण्डार सहकारीका अध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड विगो माग  

साझा भण्डार सहकारीका अध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड विगो माग  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । आयोगले सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खडका, संचालक समितिका सदस्यहरुसमेत ९ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले काठमाडौंको भोटाहिटीमा रहेको सहकारीको नाममा रहेको सुर्खेत जिल्ला साविक कटकुवा गा.पं. ९, हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०–२–० को जग्गा र बाँके जिल्ला, कोहलपुर गा.वि.स. वडा नं. ३ (क) को क्षेत्रफल ०–२–१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा बिक्री गरेको आयोगको आरोप छ ।

उक्त कार्यमा सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खडका तथा संचालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रवन्धक अमर थापाको संलग्नता रहेको आयोगले जनाएको छ ।

उनीहरुले सहकारीको नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिंङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको उक्त जग्गा संस्थाले विना आधार र कारण हँचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ २० भ्रष्टाचार गरेको आयोगको ठहर छ । उनीहरु विरुद्ध सोही रकम बराबरको विगो र जरिवाना माग गर्दै आयोगले बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै, आयोगका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौंको बाँसबारी बस्ने गीताकुमारी शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०–२–० को जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य लिई आफन्त नातागोताको नाम राखी उनीहरुको मञ्जुरी बिना न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानि नोक्सानी पु¥याएको पुष्टि भएको छ ।

सोही कार्यमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सुरोज गिरीले ४ करोड २४  हजार १८१ रुपैयाँ २० पैसा हानि नोक्सानी पु¥याएको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरु ीवरुद्ध पनि सोहि रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

 

 

Advertisment

थप समाचार