काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सेन्चुरी डिबेञ्चरको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
Advertisment