काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको साढे चार करोड कित्ता शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले घोराही सिमेन्ट, थ्री स्टार हाइड्रोपावर र अपर स्याङगे हाइड्रोपावर कम्पनीको ४ करोड ६८ लाख ४४ हजार ६ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार घोराही सिमेन्ट इन्डष्ट्रिको ३ करोड ९६ लाख १९ हजार ६ कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले कम्पनीको ओपन रेञ्ज २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसा तोकेको छ भने कम्पनीको सिम्बोल जिसिआईएल रहेको छ ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको ४९ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत गरेको छ । उक्त आईपीओको ओपनिङ रेञ्ज न्यूनतम ८५ रुपैयाँ ६५ पैसा देखि अधिकतम २५६ रुपैयाँ ९५ पैसा रहेको छ भने कम्पनीको सिम्बोल टिएसएचएल रहेको छ ।
त्यसैगरी, अपर स्याङगे हाइड्रोपावरको २२ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । ओपन रेञ्ज ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा रहेको भने कम्पनीको नेप्से सिम्बोल युएसएचएल रहेको छ । यी तीन वटै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।
Advertisment