Below Menu
Below Menu

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा लक्ष्मी लघुवित्त नोक्सानीमा 

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा लक्ष्मी लघुवित्त नोक्सानीमा 

काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनी ८ करोड बढी नोक्सानीमा रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा २० करोड ६९ लाख रुपैयाँ नाफा कमाएको कम्पनी गत असार मसान्तसम्म आइपुग्दा ८ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा रहेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै नाफामा असर गरेको हो ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको इम्पेरिमेन्ट चार्ज र निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो । गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३१.३२ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ३१.०२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ५ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको इम्पेरिमेन्ट चार्ज बढेर १३ करोड ३ लाखमा पुगेको छ । 

कम्पनीमा नोक्सानीमा गएसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ४१ रुपैयाँ ४२ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा १८ रुपैयाँ ८१ पैसामा झरेको छ । । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ८.३६ प्रतिशत पुगेको छ । 
 

Advertisment

थप समाचार