काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्से बुधबार प्रि ओपन सेसनमा १ अंक घटेको छ। मंगलबार २८.४० अंक घटेर २०१९.८५ विन्दु बन्द भएको शेयरबजार आज प्रि ओपन सेसनमा १.१३ अंक घटेर २०१८.७२ विन्दुमा झरेको हो ।
प्रि ओपन सेसनमा बुधबार १२ कम्पनीको १६ लाख १७ हजार १७८ रुपैयाँ ५० पैसाबराबरको ३ हजार २४७ कित्ता शेयर कारोबार भएको छ । जसमा ६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
Advertisment