Below Menu
Below Menu

बजार मैत्री वातावरण निर्माण गरी लगानीकर्ताको मनोवल उकास्नुपर्छ: अध्यक्ष ढकाल

बजार मैत्री वातावरण निर्माण  गरी लगानीकर्ताको मनोवल उकास्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं : धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकार, राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार मैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्ने बताएका छन् । ‘नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारको माग सम्बोधन नगर्दा लामो समयदेखि सेयरबजारमा गिरावट आएको छ । लगानीकर्ताको मनोबल समेत घटेको छ । यस्तो अवस्थामा सेवोन लगायत नियामक निकायहरूले लगानीकर्ता मैत्री वातावरण बनाउन जरूरी थियो’, अध्यक्ष ढकालले भने ।

धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आयोजना गरेको नयाँ कम्पनीहरुको स्वागत कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘डिम्याट खातालाई आधार मान्ने हो भने अहिले ५६ लाख बढी लगानीकर्ता सेयर बजारमा आबद्व छन् । तर, सरकार र राष्ट्र बैंकले बजार विरोधी नीतिहरू अबलम्वन गर्दा लगानीकर्ताको बजारप्रतिको विश्वास गुमेको हो । अबका दिनमा सेयर बजार मैत्री वातावरण निर्माण गरी लगानीकर्ताको मनोबल उकास्नुपर्छ ।’

अबका दिनमा लगानीकर्ता सचेतना कार्यक्रमका साथै बजारको सुदृढीकरणका लागि नयाँ ब्रोकर कम्पनीहरु अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । उक्त अभियानमा धितोपत्र बोर्ड, नेप्से र सिडीएससीको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको ढकालको भनाई थियो। 

Follow Up News

Advertisment

थप समाचार