Below Menu
Below Menu

नेशनल लाईफको बीमा सचेतना साईकल र्याली सम्पन्न 

नेशनल लाईफको बीमा सचेतना साईकल र्याली सम्पन्न 

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा ¥यालीको समापन गरिएको थियो । उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।


 

Advertisment

थप समाचार