Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, करिब दुई करोड जरिवाना 

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, करिब दुई करोड जरिवाना 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा नियम विपरित रहेर काम गर्ने प्राइम कमर्सियल बैंक, कुमारी  र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५÷०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यस्तै, कुमारी बैंकले २०७९ माघमा कर्जा निक्षेप अनुपात कायम नगरेको राष्ट्र बैंकले जनाक्एो छ । त्यस्तै, हिमालयन बैंकलाई पनि कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैकले कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरको छ भने हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा÷निक्षेप अनुपात कायम नगरेको भन्दै १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरेको छ । 
 

Advertisment

थप समाचार