Below Menu
Below Menu

संसदीय समितिका सभापतिहरुको चयनका लागि तीन दलको बैठक सुरु

संसदीय समितिका सभापतिहरुको चयनका लागि तीन दलको बैठक सुरु

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो ।

Advertisment

थप समाचार