काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै समयमा काम नसक्ने उक्त कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको जनाएको हो ।
कार्यालयलले सूचना प्रकाशित भएको मिति देखिनै लागू हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । कार्यालयले सडक डिभिजन कार्यालय ओखलढुंगाको सिफारिसमा दुई कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको छ । जसमा काठमाडौंको पप्पु÷कोशी एण्ड न्यौपाने जेभीको संयुक्त लगानीको कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालि र पप्पु कन्ट्रक्सन रहेका छन् ।
त्यस्तै, सडक डिभिजन भक्तपुरको सिफारिसमा जनकपुरको नवनिर्माण बिल्डर्स प्रालि, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको सिफारिसमा ललितपुरको चेतना कन्ट्रक्सन र युकेएन कन्ट्रक्सन कम्पनी प्रािललाई पनि कार्याललयले एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयका अनुसार सडक डिभिजन इलामको सिफारिसमा ताप्लेजुङको माबोहांग निर्माण सेवा, विगु गाउँपालिका दोलखाको सिफारिसमा काठमाडौंको लामा बुद्ध निर्माण तथा सामग्री सप्लायर्स प्रालि र व्यास नगरपालिका दमौलीको सिफारिसमा तनहुँको एक्सन बिल्डर्स प्रालि पनि एक वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाको सिफारिसमा चितवनको युद्ध निर्माण सेवा पनि एक वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको कार्यालयले जनाएको छ ।
त्यसैगरी कार्यालयले एक वर्ष अवधिका लागि १२६ कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा चितवनको नतासा निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्ट्रक्सन, एन्जल निर्माण सेवा, एकेज् कन्ट्रक्सन, अर्भान कन्ट्रक्सन, युद्ध निर्माण सेवा, जय भगवती निर्माण सेवा र समृद्धि निर्माण सेवा रहेका छन् ।
कार्यालयका अनुसार कास्कीको त्रिवेणी निर्माण सेवा, जनकपुरको नवनिर्माण बिल्डर्स, सिन्धुलीको बीकेबी कन्ट्रक्सन एण्ड सप्लायर्स, भक्तपुरको ब्लुबर्ड डिजाइन एण्ड कन्ट्रक्सन र पाँचथरको बुढाथोकी निर्माण सेवा, बाजुराको के आर निर्माण सेवा, बर्दियाको नुरी कन्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेको कार्यालयले जनाएको छ ।
Advertisment