Below Menu
Below Menu

सुनको मूल्य एकसयले घट्यो, चाँदी तीन दिनेदेखि लगातार स्थिर 

सुनको मूल्य एकसयले घट्यो, चाँदी तीन दिनेदेखि लगातार स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय  रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार