काठमाडौं : सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.९१ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड नाघेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी पनि बढेको छ । जसका कारण सञ्चालन नाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ ।
बैंकको जगेडा कोषमा १० अर्ब नाघेको छ । बैंकको खराब कर्जा २.०१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १.०७ प्रतिशत मात्रै थियो । बैंकको इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६ प्रतिशत र १.१६ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ।
Advertisment