Below Menu
Below Menu

वैदेशिक व्यापार नीति परिवर्तन गर्दै भारतले लगायो ल्यापटप, ट्याब्लेट र पीसी आयातमा रोक 

वैदेशिक व्यापार नीति परिवर्तन गर्दै भारतले लगायो ल्यापटप, ट्याब्लेट र पीसी आयातमा रोक 

नयाँ दिल्ली : भारत सरकारले ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातमा तत्काल प्रतिबन्ध लगाएको छ । सरकारले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । कुनै वस्तुको आयातमा प्रतिबन्ध लगाउनुको अर्थ विदेशबाट ती वस्तु ल्याउन लाइसेन्स वा सरकारी अनुमति लिनुपर्ने हुन्छ ।

यसले मेक इन इन्डिया कार्यक्रम र सरकारको स्थानीय उत्पादनलाई बढावा दिने अपेक्षा गरिएको छ। यो निर्णयले स्वदेशमै निरन्तर उत्पादन गर्ने, स्थानीय आपूर्ति प्रवद्र्धन गर्ने र अन्य मुलुकमा निर्यात गर्ने स्थानीय उत्पादक र त्यस्ता विदेशी कम्पनीहरूलाई फाइदा हुनेछ । डेल र एचपी भारतमा पहिले नै उत्पादन सुविधा भएका कम्पनीहरू हुन्।

उद्देश्य पूरा भएपछि उत्पादनलाई प्रयोग गर्नुअघि नै नष्ट वा पुनः निर्यात गर्नुपर्ने मन्त्रालयले जनाएको छ। ‘प्रतिबन्धित वस्तुको मर्मत र फिर्ता गर्न लाइसेन्स आवश्यक नपर्ने’ पनि सूचनामा भनिएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयले सूचनामा भनिएको छ,‘एचएसएन ८७४१ अन्तर्गत पर्ने ल्यापटप, ट्याब्लेट, अलइनवन पर्सनल कम्प्युटर र अल्ट्रा स्मॉल फारम फ्याक्टर कम्प्युटर र सर्भरको आयातमा रोक लगाइनेछ ।’ यद्यपि, यो प्रतिबन्ध आफ्नो झोलामा यी वस्तुहरू बोक्ने यात्रुहरूमा लागू हुने नहुने जानएको छ । 

यसबाहेक ल्यापटप, ट्याब्लेट, अलइनवन पर्सनल कम्प्युटर वा अल्ट्रा स्मॉल फारम फ्याक्टर कम्प्युटर आयात गर्दा पनि यो प्रतिबन्ध लागू हुने छैन । यसमा इ–कमर्स पोर्टलहरूबाट हुलाक वा कुरियर मार्फत खरिद गरिएका वस्तुहरू पनि समावेश छन्। आयातमा लाग्ने शुल्क तिर्नुपर्छ । केन्द्र सरकारले वैदेशिक व्यापार नीतिमा परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो ।

यसबाहेक ल्यापटप, ट्याब्लेट, अलइनवन पर्सनल कम्प्युटर वा अल्ट्रा स्मॉल फारम फ्याक्टर कम्प्युटर आयातमा रोक लाग्ने छैन। यसमा इ–कमर्स पोर्टलहरूबाट हुलक वा कुरियर मार्फत खरिद गरिएका वस्तुहरू पनि समावेश छन् । आयात महसुल तिर्नुपर्छ । केन्द्र सरकारले वैदेशिक व्यापार नीति परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो।

Advertisment

थप समाचार