Below Menu
Below Menu

आइपिओ जारी गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

आइपिओ जारी गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं : अर्किड होल्डिंग्स लिमिटेडद्वारा सञ्चालित होटेल क्राउन इम्पेरियलले आइपिओ जारी गर्ने भएको छ । होटेलले एक सय अंकित दरका १ अर्ब १५ करोड रुपैया बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सकोे तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०७६ असार १३ गतेबाट रविभवन, काठमाडौंमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा गर्दै आएको छ ।

१३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

Advertisment