Below Menu
Below Menu

दुई वाणिज्य बैंकको साढे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

दुई वाणिज्य बैंकको साढे १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकहरुको साढे १२ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कुमारी र प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १२ लाख ६० हजार ५२९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले मात्र किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

प्रभु बैंकले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ८ हजार ८२९ कित्ता शेयर  संस्थापक शेयरधनीका लागि र ९ लाख १७ हजार १०८ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । त्यस्तै, कुमारी बैंकले ३४ हजार ५९२ कित्ता संस्थापक बिक्रीमा ल्याएको छ । 

प्रभु बैंकले संस्थापक शेयरधनीवाहेक अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको शेयर खरीदका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

यसका साथै कुमारी र प्रभु बैंकले संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयरसंख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको ३५ दिन शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

Advertisment