Below Menu
Below Menu

नेप्सेले गर्यो दुई कम्पनीको शेयर मूल्य समायोजन 

नेप्सेले गर्यो दुई कम्पनीको शेयर मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले मल्टिप्रपोस फाइनान्स कम्पनी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार मल्टिप्रपोस फाइनान्स कम्पनीको ३५ प्रतिशत हकप्रदपछिको शेयर मूल्य ३१८ दशमलव ३७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३९४ दशमलव ८० रुपैयाँमा भएको थियो ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद पछिको शेयरमूल्य २०३ दशमलव ३३ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार २५५ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार