काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते शेयर धनी किताब खाता (बुक क्लोज) को मिति तय गरेको छ । जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। सिजर्नी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
जस अनुसार कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउने भएको हो । कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगबाट माघ १२ गते स्वीकृती पाएको थियो ।
Advertisment