काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ३७ लाख कित्ता बढी बोनस सेयर थपिएको छ । सोमबार नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment