Below Menu
Below Menu

मौद्रिक नीतिको असर: सेयर बजारमा उछाल

मौद्रिक नीतिको असर: सेयर बजारमा उछाल

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन सेयर बजार सूचक नेप्से ६३.२४ अंकले बढेर परिसूचक २२२७.१६ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको  १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १२ कोड ३४ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । त्यस्तै सबैभन्दा धेरै एनआइविएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् ।

Advertisment

थप समाचार