Below Menu
Below Menu

१२ अर्ब ६० करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

१२ अर्ब ६० करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकले १८ दिन अवधिका लागि ४ अर्ब र ९१ दिन अवधिका लागि ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार २८ दिन अवधिका ट्रेजरी भदौ ५ गते र ९१ दिन अवधिको ट्रेजरी कात्तिक ७ गते परिपक्क हुने छ । 

यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । बैंकका अनुसार उक्त ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ भने मंगलबार बिक्री हुनेछ ।

Advertisment