Below Menu
Below Menu

सुन बरामद प्रकरणमा एजेन्टसहित ६ पक्राउ

सुन बरामद प्रकरणमा एजेन्टसहित ६ पक्राउ

काठमाडौं : झण्डै एक सय किलो सुन बरामद प्रकरणमा ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागले जनाएकाे छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन् ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताएका छन् । 

Advertisment

थप समाचार