Below Menu
Below Menu

खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफा बढ्यो

खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफा बढ्यो

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको कम्पनीले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै संस्थाको नाफा बढेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ९० लाख रुपैयाँ रहेको थियो । त्यस्तै यस अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेर ३१ करोड एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा संस्थाको निष्क्रिय कर्जा पनि बढेको छ । अघिल्लो आवको सोही अवधिमा ०.४९ प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा बढेर १.२२ प्रतिशत पुगेको त्यसैगरी, लघुवित्तको इम्पेरमेन्ट चार्ज ७ करोड १८ लाख रुपैयाँबाट बढेर ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको प्रतिशेयर २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ ।

Advertisment

थप समाचार