Below Menu
Below Menu

‘प्लस टु’ अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य सेन्ट लरेन्स

‘प्लस टु’ अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य सेन्ट लरेन्स

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साता सार्वजनिक भयो । नजिता सार्वजनिकपछि यतीबेला विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन् । एसईईपछिको अध्ययनले आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा विषय र शैक्षिक संस्था छनोट महत्त्वपूर्ण रहन्छ । के पढ्ने ? कस्तो संस्थामा पढ्ने ? कुन विषय पढ्दा के हुन्छ लगायतका जिज्ञासा विद्यार्थीहरूमा रहेको हुन्छ । त्यसमा पनि आफ्नो शैक्षिक भविष्यको मार्गचित्र कोर्न कुन संस्था उपयुक्त होला भन्ने कौतुहलता अधिकांश विद्यार्थीमा रहन्छ । 
राजधानी काठमाडौंमा धेरै शैक्षिक संस्थाहरु छन् । त्यसमध्ये काठमाडौंको चाबाहिलमा अवस्थित सेन्ट लरेन्स कलेज एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ । हाल यो कलेजमा प्लस टु पढ्नका लागि बुझ्न र भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक बढेको छ । कलेजका ‘एडमिसन रुम’ हरूमा परामर्श लिने तथा भर्ना हुने विद्यार्थीहरूको चाप देखिन्छ । त्यस्तै टेलिफोन, सामाजिक सञ्जाल तथा अन्य माध्यम बाट कलेजको बारेमा बुझ्न चाहने पनि उत्तिकै छन् ।

सन् १९९७ मा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो स्थापनाको २६ औँ वर्ष पार गर्दै गर्दा गुणस्तरको पर्यायका रूपमा आफूलाई स्थापित गरेको छ । ‘योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलताः हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको यो कलेजले विद्यार्थीले पाउने सिपमूलक र व्यवहारिक ज्ञान अनि त्यसबाट पाउने सफलतालाई नै एक मात्र लक्ष्य बनाएको छ । उच्च माध्यमिक तहदेखि स्नातकोत्तर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको छ।

उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टेल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन् । त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।

गुणस्तरीय, व्यावसायिक र प्रयोगात्मक शिक्षा प्रदान गर्नुलाई आफ्नो मिसन बनेको यो कलेजले विश्व बजारमा बिक्न सक्ने प्रतिस्पर्धी नागरिक उत्पादन गर्नुलाई आफ्नो भिजन बनाएको छ । कलेज भित्र निर्माण गरिने विभिन्न क्लबहरूले विद्यार्थीको शिक्षण सँगै अन्य क्षमता विकासमा सहयोग गर्छन् । सेन्ट लरेन्समा अध्ययन गर्ने विद्यार्थीले खेलकुद क्लब, साहित्य क्लब, सांस्कृतिक क्लब, विज्ञान र आइटी क्लब, कला र सिर्जनात्मक क्लब, सामाजिक क्लब, सेन्ट लरेन्स एमयुएन (मोडल युनाइटेड नेसन्स), लिओ क्लब, ग्रिन आर्मी, स्काउट र उद्घोषण क्लब आदिमा आफ्नो रुचि र क्षमता अनुसार भाग लिन पाउँछन् ।

Advertisment

थप समाचार