काठमाडौं : यस वर्षको इसईईमा सर्बोत्कृष्ट ४ जीपीए ल्याएका विद्यार्थीले चाबाहिल स्थित सेन्ट लरेन्स कलेज रोजेका छन् । इसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सुरजना श्रेष्ठले सेन्ट लरेन्स कलेजमा भर्ना भएका हुन् । श्रेष्ठले एसईईपछि विभिन्न कलेज भ्रमण गरेर सेन्ट लरेन्स कलेजमा पठनपाठन गर्ने निर्णय गरेका हुन् ।
सन् १९९७ मा स्थापित सेन्ट लरेन्स कलेजले आफ्नो स्थापनाको २६ औँ वर्ष पार गर्दै गर्दा गुणस्तरको पर्यायका रूपमा आफूलाई स्थापित गरेको छ। ‘योर सक्सेस आवर कमिटमेन्ट’ अर्थात् तपाईँको सफलता: हाम्रो प्रतिबद्धता भन्ने नारासहित अघि बढेको यो कलेजले विद्यार्थीले पाउने सिपमूलक र व्यवहारिक ज्ञान अनि त्यसबाट पाउने सफलतालाई नै एक मात्र लक्ष्य बनाएको छ।
उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ ।
अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्ने गर्दछ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ ।
अनुशासित र उत्कृष्ट शैक्षिक वातावरण, शैक्षिक सँगै अतिरिक्त पाठ्यक्रममा पनि जोड, हरेक परीक्षामा उत्कृष्ट नतिजा, विश्वस्तरीय भौतिक पूर्वाधार, यातायात सहित पुस्तकालय, ल्याब, होस्टेल, सफा र स्वच्छ क्यान्टिनको सुविधा, उपयुक्त शुल्क र छात्रवृत्तिको व्यवस्था आदि सेन्ट लरेन्सका विशेषताहरू हुन्। त्यस्तै आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नु सेन्ट लरेन्सको अर्को प्रमुख विशेषता हो।
Advertisment