Below Menu
Below Menu

४३ अर्बको बन्यो साना किसान लघुवित्त वित्तीय संस्था

४३ अर्बको बन्यो साना किसान लघुवित्त वित्तीय संस्था

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था एकीकरण भई एकीकृत कारोबार सुरु भएको छ। दुई संस्थाबीच एकीकरण भई आईतबारदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले दुई संस्था एकीकृत भई कारोबार गर्न अन्तिम स्वीकृती दिएपछि आइतबारदेखि कारोबार सुरु भएको हो । मर्जर सम्झौतामा एकीकृत संस्थाको नाम साना किसान आरएमडीसी राख्ने सहमति भएको थियो । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना किसान विकास कार्यक्रम सबै स्थानिय तहमा विस्तार गर्ने घोषणा गरेपछि संस्थाको नाम पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था मात्र कायम गरिएको बताइएको छ । बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत सबै स्थानिय तहमा क्रमश साना किसान उद्यम विकास कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ । 

एकीकृत साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृतमा साना किसानकै प्रमुख कार्यकारी अधिकृत शिवराम कोइराला रहेका छन् । मर्जरपछि एकीकृत संस्थाको कुल सम्पत्ति ४३ अर्ब २२ करोड, लगानी ४१ अर्ब ८६ करोड पुगेको छ ।

Advertisment

थप समाचार