Below Menu
Below Menu

मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा सचेत रहन राष्ट्र बैंककाे आग्रह

मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा सचेत रहन राष्ट्र बैंककाे आग्रह

काठमाडौं : केन्द्रीय बैंकले मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ,इन्टरनेट बैंकिङ जस्ता सेवा प्रयोग गर्दा वा मोबाइल वालेट प्रयोग गर्दा त्यसमा तपाईको मोबाइल र फोन नम्बरको प्रयोग भएको हुन्छ। त्यसमा तपाईंको खाता सम्बन्धी महत्वपूर्ण विवरण जोडिएको हुन्छ । यदि कुनै कारणवस तपाईंले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुभयो र तपाईंको पुरानो नम्बर अन्य व्यक्तिको प्रयोगमा आयो भने तपाईंको खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनिधिकृत पहुँच पुग्न सक्ने जोखिम हुन्छ । 

आफुले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउने समेत सचेत गराएको छ।

Advertisment

थप समाचार