Below Menu
Below Menu

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने सहमति भएको खुलासा गरेका हुन् ।

यस्तै, प्रधानमन्त्री दाहालको भ्रमणको दौरान नेपाल र भारतबीच ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पनि निर्माण सम्झौता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

Advertisment

थप समाचार