नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडाैं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Sponsored Advertisement

कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

थप समाचार