Below Menu
Below Menu

नेपालमै उत्पादित सवारी दर्ता हुने बाटो खुल्यो

नेपालमै उत्पादित सवारी दर्ता हुने बाटो खुल्यो

काठमाडौं : नेपालमै बनेका सवारी दर्ता गर्ने कार्यविधि संशोधन गरिएको छ । यातायात व्यवस्था विभागद्वारा बुधबार कार्यविधि संशोधन गरिएको हो ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ । जसमा ११.१.९ नम्बर बुँदामा भनिएको छ, ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’,

दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्य अभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

Advertisment

थप समाचार