Below Menu
Below Menu

झन्डै ७० प्रतिशत मतसहित रवि लामिछाने उपनिर्वाचनमा विजयी

झन्डै ७० प्रतिशत मतसहित रवि लामिछाने उपनिर्वाचनमा विजयी

चितवन : प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने करिब ७० प्रतिशत मतसहित विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई झन्डै ४३ मतान्तरले पराजित गरेका हुन्।

लामिछानेले ५४ हजार १७६ मत ल्याएर जित हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठले ११ हजार २१४ मत मात्र प्राप्त गरे। त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्रै पाएका छन्।

गत मंसिरमा भएको निर्वाचनभन्दा केही मत कम खसे पनि रविले मत भने करिब ५ हाजर बढी ल्याएका छन्। मंसिरमा लामिछानेले ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए।

Advertisment

थप समाचार