Below Menu
Below Menu

दुई धितोपत्र व्यवसायी कारबाहीमा

दुई धितोपत्र व्यवसायी कारबाहीमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुई धितोपत्र व्यवसायीलाई कारबाही गरेको छ । सेबोनले नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो।

यी दुवैले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्याद थपका लागि सेबोनमा निवेदनसमेत पेस ढिला गरी वार्षिक प्रतिवेदन पेस गरेकोले कारबाही गरिएको सेबोनले जनाएको छ।

सेबोनले दुवै धितोपत्र व्यवसायीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९२० बमोजिम जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ।

Advertisment