काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश खुम्चिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा कम्पनीले लाभांश घटेको हो । यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३४.४५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
केन्द्रीय बैंकको निर्देशन पछि घटेर १५ प्रतिशत कायम भएको छ । उक्त लाभांश संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Advertisment