काठमाडौं : अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पुनः ब्याजदर बढाएको छ। केन्द्रीय बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएसँगै ५ प्रतिशत पुगेको छ। यो नवौं पटकको वृद्धि हो । अमेरिकामा २००७ यताकै सर्वाधिक उचाइमा ब्याजदर पुगेको छ।
महंगीलाई नियन्त्रण गर्न ब्याजदर बढाउन बाध्य भएको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन्। २ प्रतिशतको लक्षित दरमा मुद्रास्फीति राख्ने केन्द्रीय बैंकको योजना छ। जुन फेब्रुअरीमा घटेर ६ प्रतिशतमा पुगेको छ। गत वर्षदेखि ब्याजदरमा भएको बउद्धिले बैंकिङ प्रणालीमा तनाव उत्पन्न भएको बताईएको छ।
चालु आर्थिक वर्षमा अमेरिकी अर्थतन्त्र ०.४ प्रतिशत र २०२४ मा १.२ प्रतिशत मात्र वृद्धि हुने प्रक्षेपण केन्द्रीय बैंकका अधिकारीहरुले गरेका छन्।
सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक उच्च ब्याज दरको कारणले गर्दा समस्यामा रहेको थियो । बढ्दो ब्याजदरले ती ऋण पत्रलाई कम मूल्यवान बनाउन सक्ने भएकाले बैंकहरूले राखेका ऋणपत्रको मूल्यबारे चिन्ता व्यक्त गरिएको छ। यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा हेरिएको छ ।
Advertisment