नुवाकोट : सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तालिम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको आयोजनामा सुरु भएको तालिमका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गरे। त्यसक्रममा अध्यक्ष पोखरेलले नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार रावल, बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट जिल्ला अध्यक्ष कपिलदेब खनाल, बरिष्ठ पत्रकार कुबेर चालिसे लगायतले मुलुकको आर्थिक बिकासमा संचार क्षेत्रको भूमिका लगायतका बिषयमा आ-आफ्नो धारणा ब्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समिति अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा बरिष्ठ पत्रकारहरु कुबेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारीताका विविध पक्षहरुका बारेमा प्रशिक्षण दिने महासंघका प्रदेश सचिव युवराज पुरीले जानकारी दिए।
Advertisment