काठमाडौं : जीवन बिमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणबाट आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको उक्त प्रतिवेदन फागुन २९ गते स्वीकृत भएको थियो ।
कम्पनीले ६ वटा पोलिसी बिक्री गर्दै आएको छ । नयाँ बोनसदर अनुसार न्युनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म निर्धारण गरिएको छ।
अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत प्रतिहजार ४४ देखि ५५ रुपैयाँसम्म बोनसदर रहेको छ । १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर रहेको छ।
यस्तै सावधिक जीवन बीमालेख अन्तर्गत ३८ देखि अधिकतम ७३ रुपैयाँ बोनसदर रहेको छ । बीमितहरुले ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्ष अवधिका लागि ६३ रुपैयाँ बोनस पाउनेछन् । ३० वा सोभन्दा बढी अवधिका लागि भने ७३ रुपैयाँ पाउने कम्पनीले जनाएको छ।
इन्स्योरेन्सले सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेख अन्तर्गत ३५ देखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्षसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने जनाएको छ।
कम्पनीले सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख अन्तर्गत ४२ रुपैयाँदेखि ६५ रुपैयाँ बोनस दिने भएको छ । बीमितले १० देखि १४ वर्ष अवधिसम्मका ४२ रुपैयाँ, १५ देखि १९ वर्षको ४५ रुपैयाँ, २० देखि २४ वर्षको ५० रुपैयाँ र २५ देखि २९ वर्षका ६५ रुपैयाँ बोनसदर पाउनेछन् ।
वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले २५ देखि २८ रुपैयाँ बोनसदर दिने भएको छ । ९ वर्षका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ, २० देखि २४ वर्षका लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ ।
यस्तै सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथी बीमा योजना०अन्तर्गत न्यूनतम ३७ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्मका लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको कम्पनीले जनाएको छ ।
Advertisment