मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

मर्जरका लागि विजय र नयाँ सारथी लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

काठमाडौं : नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।

यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्।

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै नेप्सेले दुवै लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ।

थप समाचार