Below Menu
Below Menu

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १४.४४ अंकले घटेर परिसूचक १९३८.६२ बिन्दुमा पुगेर बन्द भएको हो।

२५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको सेयर कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेको ट्रेडिङ समूहको उपसूचक १०.५७ अंकले बढेको छ भने बाकी सबै समूहमा रातो पोतिएको छ। जसमा बैंकिङ समूहको उपसूचक ९.९४, विकास बैंक २७.२४, वित्त कम्पनी १४.१६, जलविद्युत ९.६९, जीवन बीमा ६९.४६, उत्पादन तथा प्रशोधन ३२.४२, माइक्रोफाइनान्स ६८.३५, निर्जीबन बीमा १७.०६ र अन्य ४.१२ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, किसान लघुवित्त र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा बढी भएको छ ।

आज १० करोड ३५ लाख २२ हजार रुपैंया भन्दा बढीको सेयर किनबेच भएको छ।

Advertisment

थप समाचार