Below Menu
Below Menu

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : आगामी चैत २८ र २९ का लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। श्रेष्ठ हाल उपाध्यक्ष छन्। 

मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए। उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन विस्तार गर्नु हो ।’ संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने बताए । 

उपाध्यक्ष श्रेष्ठले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताए।

Advertisment

थप समाचार