Below Menu

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : आगामी चैत २८ र २९ का लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। श्रेष्ठ हाल उपाध्यक्ष छन्। 

Sponsored Advertisement

मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए। उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन विस्तार गर्नु हो ।’ संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने बताए । 

उपाध्यक्ष श्रेष्ठले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताए।