Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि आन्दोलनमा थिए।

प्रधानमन्त्रीसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए। समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीले दिएपछि व्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए। 

Advertisment