काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १.८५ अंकको सुधार देखिएको छ । नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दु कायम भएको हो । सोमबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । हिजो नेप्से २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दु कायम भएको थियो।
आज नेप्सेमा १ अर्ब १३ कारेड ५९ लाख २५ हजार बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
Advertisment