Below Menu
Below Menu

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? (पूर्ण पाठ)

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति? (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गरेको छ।

आइतबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो । सार्वजनिक भएको उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७।८८ प्रतिशत रहेको छ । त्यस्तै, यस अवधिमा आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडलेबचतमा रहेको छ । चालू आर्थिक वर्षको सात महिनासम्म कुल विदेशी विनिमय सञ्चिति १३८३ अर्ब ३३ करोड र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ ।

यसका साथै यस अवधिमा संघीय सरकारको खर्च ६६७ अर्ब ६६ करोड र राजस्व परिचालन ५१४ अर्ब ६९ करोड रहेको छ।

हेर्नुहोस् पूर्ण पाठ

Advertisment

थप समाचार