काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘स्कयान टु विन अफर’ सञ्चालनमा ल्याएको छ।
अफर अन्तर्गत इसेवाको मोबाईल एप्स् मार्फत क्यूआर स्क्यान एण्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सकिने जनाएको छ। यसैगरी यस अफरमा हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथै १० हजारले एक हजार सम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्ने जनाएको छ। यस उपहार योजनामा सहभागि हुनको लागि इसेवा मोबाईल एप्स मार्फत क्यूआर स्क्यान पे गर्नुपर्ने कम्पनीको भनाई छ। साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् । यसैगरी रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक विहीवार घोषणा गरिने जनाएको छ। यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिने कम्पनीको भनाई छ।
Advertisment